Sunday, July 26, 2026
Zenith Migration Education
Sunday, July 26, 2026

अष्ट्रेलियामा वरिष्ठ पत्रकार सरल गुरुङलाई धम्की दिने व्यक्तिले सार्वजनिक माफी मागे

Zenith Migration Education

सिड्नी – अष्ट्रेलियामा वरिष्ठ पत्रकार सरल गुरुङलाई आइतबार राति अज्ञात व्यक्तिबाट धम्की दिइएको घटना समुदायमा चर्को चासोको विषय बनेको थियो।

सरल गुरुङले फेसबुकमा आफ्नो आधिकारिक पोष्टमार्फत उल्लेख गरेअनुसार, उनले धम्की दिने व्यक्तिलाई २४ घण्टे अल्टीमेटम दिएका थिए। अल्टीमेटम पूरा भएको समयमा, समुदायका अभियन्ताहरूको पहलमा उक्त व्यक्तिले अनलाइनमार्फत सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका थिए।

पत्रकारिता क्षेत्रमा सरल गुरुङलाई निडर, अब्बल र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिन्छ। उनले हरेक परिस्थितिमा सत्यको पक्षमा रहँदै अनावश्यक आरोपहरूका विरुद्ध स्पष्ट प्रतिवाद गर्न सक्ने क्षमताका कारण समुदायमा सम्मान कमाएका छन्।

सरल गुरुङले आफ्नो पोष्टमा सबै दर्शक, शुभचिन्तक र आफन्तलाई धन्यवाद दिँदै विजया दशमीको हार्दिक शुभकामना पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु