सिड्नी – नेपाली कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले लिंबुवान एसोसिएसन अष्ट्रेलियाले यस वर्ष पनि भव्य सांगीतिक कार्यक्रम एल.जी. फेस्ट सिड्नी २०२५ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २२ नोभेम्बर, शनिबार सिड्नी ओलिम्पिक पार्कस्थित द डोम (The Dome) मा हुने तय भएको आयोजक समितिले जनाएको छ।
यस वर्षको फेस्टमा लोकप्रिय नेपाली ब्यान्ड स्वर (SWAR) तथा अष्ट्रेलियामा चर्चित समूह जोन एण्ड द लोकल्स (John & The Locals) मुख्य आकर्षण रहनेछन्। आ–आफ्नो पृथक शैली र प्रस्तुतिका कारण दुवै समूहले नेपाली समुदायलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
आयोजकले फेस्टलाई बहुआयामिक बनाउन लाइभ म्युजिक, कला, सांस्कृतिक झलक र समुदायलाई जोड्ने विभिन्न गतिविधिहरू समेटिने जानकारी दिएका छन्। “यो फेस्ट हाम्रो समुदायलाई एक ठाउँमा ल्याउने, नेपालीपनलाई अनुभव गर्ने र नयाँ पुस्तालाई संस्कृतिसँग नजिक्याउने प्रयास पनि हो,” आयोजक समितिका एक सदस्यले भने।
कार्यक्रमको लागि अर्ली बर्ड टिकट बिक्रीमा आएको छ भने नियमित टिकट समेत बजारमा उपलब्ध रहेको आयोजकले बताएका छन्। कार्यक्रम विवरण
यस प्रकार रहेको छ—आयोजक: लिंबुवान एसोसिएसन अष्ट्रेलिया
• मिति: २२ नोभेम्बर २०२५, शनिबार
• स्थान: द डोम, सिड्नी ओलिम्पिक पार्क
• मुख्य कलाकारहरू:
स्वर (SWAR)
- जोन एण्ड द लोकल्स (John & The Locals)




