Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

रञ्जित शाहद्वारा सञ्चालित ग्राण्ड प्यालेसको भव्य उद्घाटन सम्पन्न

Zenith Migration Education

सिड्नी – अर्बन क्षेत्रमा नेपाली समुदायलाई लक्षित गर्दै नयाँ फङ्सन सेन्टर ग्राण्ड प्यालेसको भव्य उद्घाटन सम्पन्न भएको छ। युवा व्यवसायी रञ्जित शाहद्वारा सञ्चालित यो केन्द्रलाई नेपाली समाजलाई जोड्ने साझा स्थलका रूपमा अघि बढाइने योजना रहेको सञ्चालक शाहले उद्घाटन कार्यक्रममा बताए।

उक्त समारोहलाई चर्चित फिल्म निर्देशक सोभित बस्नेतले विशेष डिजाइन गरेका थिए र होस्टिङ पनि उनले नै गरेका थिए। कार्यक्रममा संगीत सम्राट शम्भुजीत बास्कोटाले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी उपस्थितलाई मन्त्रमुग्ध बनाए। उनका साथमा गायिका प्रीति घिमीरेले समेत मञ्च साझा गरेपछि माहोल झन् उत्कर्षमा पुगेको थियो।

लोकप्रिय पत्रकार सरल गुरुङले रञ्जित शाहको समाजसेवी व्यक्तित्वको प्रशंसा गर्दै नेपालमा आगलागीलगायत प्राकृतिक विपत्तिका बेला उनले देखाएको योगदान सम्झिए। कार्यक्रममा वरिष्ठ पत्रकार हेमन्त काफ्ले, निर्देशक सन्तोष तिवारीएन्टा प्रतिनिधि, ओबर्न नेपाली समाजका अध्यक्ष अरूण श्रेष्ठ, कलाकार जेनिसा गौतम, समाजसेवी बिस्नु हमालप्रकृति श्रेष्ठलगायतको उल्लेख्य उपस्थिति थियो। निर्देशक बस्नेतकी छोरी सलिना बस्नेतले समेत कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गरिन्।

जेन–जेड पुस्ताका सुरक्षा केसी र सोनिका न्यायुले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। शाह परिवारले अतिथिहरूलाई स्वागत गर्दै आभार व्यक्त गरेको थियो। स्वादिष्ट भोजन, विविध पेयपदार्थ र रमाइलो वातावरणले उपस्थितलाई मन्त्रमुग्ध बनायो।

पारामाडा रोड ओबर्नमा आधुनिक सुविधा र पर्याप्त पार्किङसहित निर्मित ग्राण्ड प्यालेस फङ्सन सेन्टर सुरु भएदेखि नै उच्च मागमा परेको आयोजकहरूले जनाएका छन्। सहभागीहरूको भनाइमा सिड्नीमै पहिलो पटक यस्तो स्तरको फङ्सन सेन्टर उद्घाटन हुनु नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु