Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

प्रतिनिधिसभा विघटन लोकतन्त्रका लागि अनिष्टको सङ्केत : पत्रकार महासंघ

Zenith Migration Education

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन संवैधानिक र नागरिक सर्वोच्चताविपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको सङ्केत भएको बताएको छ ।

“राष्ट्रपतिबाट संविधानकोे प्रावधानविपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधिसभा विघटन सिफारिस सदर गरियो,” महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।”

जेनजीको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको महासंघले उल्लेख गरेको छ ।

“महासंघ संविधानविपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्तविपरीत भएको प्रतिनिधिसभा विघटन संवैधानिक र नागरिक सर्वोच्चताविपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

यो कदमले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता उपलब्धिमा आघात पुग्ने महासंघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु