काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ट्रमा सेन्टर पुगेकी छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको ट्रमा सेन्टर, सिभिल अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँको ट्रमा सेन्टरमा पुगेर प्रधानमन्त्री कार्कीले घाइतेहरूको अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । जेनजी युवाहरूको प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको हो ।
जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ भने चार सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



