Wednesday, July 29, 2026
Zenith Migration Education
Wednesday, July 29, 2026

जेनजी प्रदर्शन : काठमाडौँ महानगरले बनायो शव व्यवस्थापनका लागि विशेष टोली

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापनका लागि विशेष टोली गठन गरेको छ । महानगरले आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शव वाहनको व्यवस्था गरेका लागि विशेष टोली गठन गरेको हो ।

विशेष टोलीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरण गर्ने छ ।

विशेष टोलीका सदस्यहरुमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् । ‘हामी यस दुःखद घडीमा पीडित परिवारजनका साथ छौँ,’ महानगरपालिकाका एक अधिकारीले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु