Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन शेखर कोइराला निर्देशन

Zenith Migration Education

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।

कृषिमन्त्री अधिकारीले आफूलाई नेता डा. कोइरालाले राजीनामा दिन भनेको र राजीनामा दिने तयारीमा रहेको जानकारी दिए ।

अरू मन्त्रीहरूले पनि राजीनामाको तयारी गरिरहेको उनले बताए । ओली सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबारनै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु