Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

जेनजी प्रदर्शन : केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

Zenith Migration Education

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ ।

अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।

यसअघि ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ ।

अहिलेसम्म जेनजी प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा १६ र इटहरीमा २ जनाको मृत्यु भएको हो ।

मृतकहरूको सनाखत हुने क्रम जारी छ । अस्पतालका चिकित्सकहरूले जनाए अनुसार, परिवार वा आफन्त आएपछि शव हस्तान्तरण गरिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु