Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

Zenith Migration Education

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म १७ जनाको मृत्यु भएको छ । उपचारको क्रममा १७ जनाको निधन भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए ।

नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन् ।

ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।

श्रेष्ठ र चौलागाईंको टाउकोमा र पवन शाहीको पेटमा गोली लागेको उपचारमा संलग्न ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु