Monday, July 27, 2026
Zenith Migration Education
Monday, July 27, 2026

जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

Zenith Migration Education

इनरुवा (सुनसरी) । ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताए आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

आन्दोलन उग्र भएपछि स्थित नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज इटहरी उपमहानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु