Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

अष्ट्रेलियाबाट ओली सरकारको तीव्र आलोचना, जेन-जी आन्दोलनमाथिको दमनको निन्दा

Zenith Migration Education

डार्विन, अष्ट्रेलिया – प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया (ONUF Australia) ले नेपालमा स्वतःस्फूर्त रूपमा उठेको जेन जेड आन्दोलनमाथि सरकारले गरेको दमनप्रति तीव्र आपत्ति प्रकट गरेको छ। संगठनले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री खड्ग प्रसाद ओली नेतृत्वको सरकारले १४ जना युवाको ज्यान लिएको र हजारौंलाई घाइते बनाएको घटनालाई “मानवअधिकारविरुद्धको अपराध” र “इतिहासकै विश्वासघात” को संज्ञा दिएको छ।

विज्ञप्तिमा भनिएको छ कि युवामाथि गोली चलाउनु सरकारले आफ्नो वास्तविक चरित्र देखाएको प्रमाण हो। सत्ता टिकाउन जनआवाजलाई दमन गर्ने ओली सरकारको कदमले लोकतन्त्रको जग हल्लाएको उनीहरूको भनाइ छ।

ONUF Australia का अध्यक्ष अच्युत थपलिया र महासचिव उद्धव खड्काले हस्ताक्षरित प्रेस विज्ञप्तिमा “जनताको रगतमा आश्रित सरकार कहिल्यै टिक्दैन” भन्दै सारा नेपाली दाजुभाइ, दिदीबहिनी तथा प्रवासी समुदायलाई उठ्न आह्वान गरिएको छ। साथै, यो घटनामा अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार निकायले मौन नबस्न पनि आग्रह गरिएको छ।

प्रवासी समुदायले यस घटनालाई गम्भीरतापूर्वक लिएर नेपालमा स्वतन्त्रता, न्याय र जनतामुखी शासनको पक्षमा निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु