Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

जेनजी प्रदर्शनका घाइतेमध्ये ट्रमा सेन्टरमा ४९ जना उपचाररत

Zenith Migration Education

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेहरु मध्ये ४९ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो । सोही क्रममा घाइते भएकाहरूको सङ्ख्या बढ्ने क्रममा छ ।

सो क्रममा १४ जना जेनजी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु