Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सिभिल अस्पताल हाताभित्र प्रहरीले चलायो गोली र अश्रुग्यास

Zenith Migration Education

काठमाडौँ । प्रहरीले सिभिल अस्पताल हाताभित्र गोली र अश्रुग्यास प्रहार गरेको छ । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेपछि धरपकड भएको हो ।

बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए ।

अहिले अस्पतालको अवस्था निकै तनावपूर्ण रहेको छ । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्यास प्रहार गरेको हो । उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्यास खानुपरेको एक चिकित्सकले बताए ।

प्रहरीहरु अहिले पनि अस्पताल परिसरभित्र छन् । उनीहरुले माइकिङ प्रदर्शनकारीलाई बाहिर निस्किन भनिरहेका छन् । चिकित्सकहरुले भने प्रहरीलाई अस्पताल हाताबाट बाहिरिन आग्रह गरेका छन् । तर प्रहरीहरु रोकिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु