Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा

Zenith Migration Education

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन् । यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदका दुवै वसदनमा बहुमत गुमाएको थियो ।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए। इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टले जनाएको छ ।

शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेका थिए। गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए ।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए ।

पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर, अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा हुने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु