काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले प्रदर्शन सुरु गरेका छन् ।
सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) युवाहरूले प्रदर्शन सुरु गरेका हुन् ।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट युवाहरूले अनुमति लिइसकेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।
जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन् ।



