Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

पोखरादेखि भुटानको पारो चार्टर उडान हुने

Zenith Migration Education

पोखरा । पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको छ । भुटान एयरले सेप्टेम्बर र अक्टोबर महिनामा ४ वटा चार्टर उडान गर्न लागेको हो । पोखरामा गरिएको पत्रकार सम्मेलनमा उडानहरू एयरबस ए–३१९ विमानमार्फत सञ्चालन हुने जानकारी दिइएको हो ।

एक सय २६ सिट क्षमताको जहाजमा पहिलो उडान २८ सेप्टेम्बरमा गर्ने भुटानले दोस्रो उडान २ अक्टोबरमा गर्नेछ । तेस्रो उडान ६ अक्टोबर र चौथो उडान १० अक्टोबरमा हुने युनिभर्सल टुर्स एण्ड ट्राभल्सका कार्यवाहक अध्यक्ष परासर प्रसाईंले जानकारी दिए । ‘सबै उडानका लागि प्यासेन्जर खुला गरिएको जानकारी दिँदै पारोबाट बिहान साढे १० बजे उडान भर्ने फ्लाइट पोखरामा पौने १२ बजे ल्याण्ड गर्नेछ । यसअघि सिचुवान एयरले पोखरादेखि छेन्दुसम्म उडान भरेको थियो ।

अहिले पनि हिमालयन एयरलाइन्सले ल्हासा उडान भरिरहेको छ । यसैगरी, सिचु वानले पोखरा–सिचुवान–अष्ट्रेलिया उडान पहल पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु