Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

थाइल्यान्डमा संसद् विघटनतर्फ कार्यवाहक सरकारको पहल

Zenith Migration Education

बैङ्कक । देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढ्नुभएको उनको पार्टीले बुधबार जानकारी गराएको छ ।

गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदच्यूत गरेपछि सरकारको नेतृत्वमा रिक्तता सिर्जना भएको थियो । यसपछि विभिन्न गुटबीच उहाँको उत्तराधिकारी खोज्ने सङ्घर्ष चर्किएको थियो ।

अझै कार्यवाहक सरकारको भूमिकामा रहँदै फेउ थाई पार्टी प्रधानमन्त्रीका लागि आफ्नै उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा विपक्षी पिपुल्स पार्टीलाई सहयोग गर्ने निर्णयमा पुगेको थियो । तर पिपुल्स पार्टीले यसको सट्टा रूढिवादी व्यापारी अनुतिन चार्नविराकुललाई समर्थन गर्ने घोषणा गर्‍यो ।

यस घोषणा केही क्षणमै फेउ थाई महासचिव सोरावोङ थिएन्थोङले कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले ‘सदन विघटनको आदेश पेस गरेको’ बताए । थाई संविधानअनुसार राजाले संसद् विघटनलाई स्वीकृति दिएपछि ४५ देखि ६० दिनभित्र नयाँ चुनाव हुनुपर्ने प्रावधान छ ।

फेउ थाई पार्टी सिनावात्रा परिवारको चुनावी प्लेटफर्म हो, जसले दुई दशकदेखि राजतन्त्र समर्थक र सैन्य समर्थक अभिजात वर्गसँग सत्ताको सङ्घर्ष गर्दै आएको छ । तर विश्लेषकहरूका अनुसार उनीहरूको प्रभाव क्रमशः घट्दै गएको छ र सत्तामा टिकिराख्न कठिनाइ भएको छ ।

कोभिड र क्यानाबिस मुद्दा
पिपुल्स पार्टीले सन् २०२२ मा आफ्नो एक सय ४३ सदस्यीय बलियो संसदीय समूहसहित सन् २०२२ मा गाँजालाई मान्यता दिने कानूनीकरणको वाचा पूरा गरेका निर्माण व्यवसायिक उत्तराधिकारी अनुतिनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

पर्यटन–निर्भर थाइल्यान्डमा कोभिड–१९ महामारीको प्रतिक्रियामा उनी आलोचनाको केन्द्र बनेका थिए । उनले प्रारम्भमा विदेशी विशेषगरी पश्चिमी पर्यटकहरूलाई भाइरस फैलाएको आरोप लगाउनुभएको थियो, तर पछि क्षमायाचना गर्न बाध्य भएका थिए ।

राजनीतिक अनिश्चितता
यद्यपि संसद् विघटनको प्रक्रिया अघि बढ्दै गर्दा अनुतिन शीर्ष पदमा पुग्ने वा नपुग्ने भन्ने प्रश्न अझै स्पष्ट छैन । उनको भुमजाइथाई पार्टी अघिल्लो गठबन्धन सरकारको अंश थियो, तर यसै गर्मीमा कम्बोडिया सीमा विवादलाई लिएर सरकार छाडेको थियो ।

सोही विवादका कारण संवैधानिक अदालतले पेटोङटार्नलाई मन्त्री नैतिकताको उल्लङ्घन गरेको ठहर गर्दै पदच्युत गरेको हो । सन् २०२३ को चुनावमा प्रधानमन्त्रीका लागि मनोनित भएका व्यक्तिहरूमध्ये मात्रै प्रधानमन्त्री बन्न योग्य छन् । तर पछिल्ला राजनीतिक उथलपुथलपछि सम्भावित उम्मेदवारहरूको सङ्ख्या घटेर पाँचमा सीमित भएको छ ।

पिपुल्स पार्टीले अनुतिनलाई दिएको समर्थन पनि सशर्त रहेको जनाएको छ । पार्टीका अनुसार उनले चार महिनाभित्र सदन विघटन गरी नयाँ चुनावतर्फ लैजानुपर्नेछ, जसले गर्दा उहाँको पदोन्नतिले चुनावी बाटो पनि खोल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु