काठमाडौँ । चर्चित लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । उनको गए राति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन् । क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउमा २०२३ साल कात्तिक ३ गते जन्मिएकी उनले पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरू गाएकी छन् । उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने छ । उनको दुई छोरी छन् ।



