Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

काठमाडौँबाट एभरेष्ट भलिबल लिग खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ स्पाईकर्सबाट दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग खेल्न तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । काठमाडौँबाट खेल्न थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडी मङ्गलबार नेपाल आइपुगेका हुन् ।

थाईल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाईड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी सेटर पोलिना नेकोभालाई काठमाडौँले टोलीमा अनुबन्ध गरेको थियो ।

काठमाडौँकी मार्की प्लेयर नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी छिन् ।

नेपाली खेलाडीको रूपमा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् । लिग भदौ २० देखि २८ सम्म पोखरामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु