Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

इयूमा एप्पलले आइफोन १२ को रेडियो पावर घटाउने

Zenith Migration Education

पेरिस । एप्पलले आफ्ना रेडियो ट्रान्समिटरको शक्ति घटाउनका लागि युरोपेली सङ्घ (इयू) भरीका आइफोन १२ ह्याण्डसेटमा सफ्टवेयर अपडेट गर्ने भएको छ ।

‘आगामी हप्ताहरूमा’ इयूभरी सफ्टवेयर अपडेट गर्ने योजना निर्धारित गरिएको छ । अपडेट फ्रान्सको एएनएफआर रेडियो फ्रिक्वेन्सी प्राधिकरणको परीक्षणपछिको रिपोर्टको आधारमा फ्रान्समा फोनहरूमा २०२३ मा गरिएको परिवर्तन अनुरूप हुनेछ।

“हामी फ्रान्सेली एएनएफआरको परीक्षण दृष्टिकोणसँग असहमत छौँ तर युरोपेली आयोगको निर्णयको सम्मान गर्दछौं,” एप्पलले एक विज्ञप्तिमा भनेको छ।

“ग्राहकहरूले आफ्नो आईफोन १२ लाई अहिलेजस्तै पूर्ण आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।

एएनएफआरले उपकरण हातमा राख्दा मानव शरीरले अवशोषित गरेको अत्यधिक विद्युत चुम्बकीय उत्सर्जनको कारण देखाउँदै सेप्टेम्बर २०२३ मा आईफोन १२ को बिक्री रोक्न आदेश दिएको थियो ।

एप्पलले तुरुन्तै प्रभाव सच्याउनका लागि फ्रान्सका लागि मात्रै अपडेट गरेको थियो ।

युरोपेली आयोगले एएनएफआरको आधिकारिक जर्नलमा सोमबार प्रकाशित अगस्ट १९ को निर्णयमा एएनएफआरको निष्कर्ष र त्यसपछिका कदमहरूको पुष्टि गर्दै यसलाई ‘न्यायोचित’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु