Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा

Zenith Migration Education

थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरू सम्मेलन सम्बोधनमा व्यस्त रहेकाबेला ती मुलुकका प्रथम महिलाहरू भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका छन् ।

चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम महिलाको अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

उनीहरूले स्थानीय हाइही नदीमा पानीजहाजबाट जलयात्रा गरेका थिए । सो क्रममा चिनियाँ परम्परागत कलाका साथै आधुनिक विकासको अवलोकन गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु