Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

Zenith Migration Education

काठमाडौँ । गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आज यहाँ सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिएका छन् । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गरेका छन् ।

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गरेकी छन् ।

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छन् । उनले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु