Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

भैरहवाका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो कायम

Zenith Migration Education

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो ।

१४ करोड ८३ लाख रुपैयाको सम्पत्ति जोडेका यादवले नौ करोड तीन लाख रुपैया मात्रै कानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीसहित उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधांशु यादव र शुभम् यादवविरुद्ध समेत मुद्दा दायर गरेको हो ।

२०५३ सालमा सरकारी जागिर सुरु गरेका उनले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु