Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

वीरगञ्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछः प्रधानमन्त्री

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा महामारी भएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकाले वीरगञ्जमा आउटब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । उले महामारीबाट तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारकोतर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु