Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

दीपक मनाङे पदमुक्त भएपछि रिक्त क्षेत्रमा तोकियो उपनिर्वाचनको मिति

Zenith Migration Education

काठमाडौँ । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुने गरी उपनिर्वाचनको मिति तोकिएको हो ।

सो क्षेत्रका प्रतिनिधि राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतबाट मिति २०८१ र ७ र २० मा प्रत्यर्थी दीपक मनाङे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ । संवैधानिक इजालसले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु