काठमाडौँ । प्रहरीले जुवा तास खेल्ने तथा खेलाउने कार्यमा सङ्लग्न ११ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त, लैनचौर समेतमा खटिएका प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सो स्थानबाट तीन लाख ५९ हजार रुपियाँ नगद र तास बुक ५८ थान बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिन म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त लैनचौरबाट थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



