Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा

Zenith Migration Education

काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो ।

अल्पसङ्ख्यक लैंगिक समुदायको कथा पेश गर्ने चलचित्रमा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् । समुन्द्र भट्ट निर्देशित चलचित्र सोसल ड्रामा जनरामा आधारित छ, जहाँ प्रमुख पात्रले पहिचानको लागि गर्ने संघर्ष चित्रण छ ।

नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु