Wednesday, September 2, 2026
Zenith Migration Education
Wednesday, September 2, 2026

काठमाडौँमा तीज पर्वलाई लक्षित गर्दै मासु, मदिरा तथा नशालु पदार्थमा प्रतिबन्ध

Zenith Migration Education

काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न काठमाडौँ जिल्लामा विशेष व्यवस्था गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार भगवान् श्री पशुपतिनाथ विराजित पवित्र पाशुपत क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा कायम राख्ने उद्देश्यले आगामी भदौ ९ गतेदेखि ११ गतेसम्म मासु, मदिरा तथा अन्य नशालु पदार्थको उत्पादन, बिक्री, खरिद, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सूचनामा भनिएको छ, “स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पाशुपत क्षेत्रमा यस्ता गतिविधि रोक लगाइएको छ । कोही कसैले सूचना विपरीत कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।”

प्रतिबन्धित क्षेत्रभित्र गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमा हुँदै पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्डगौरीघाट हुँदै गुह्येश्वरीसम्मको दक्षिणी भाग पर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु