काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेर एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा एक लाख ९५ हजार ५०० सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार तीन सयमा ५० रुपैयाँमा कारोबार भएको थियो ।



