काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिाने भेटका छन् । बुधबार नख्खु कारागार पुगेर अध्यक्ष दाहाललले रास्वपा लामिछानेसँग भेट गरेका हुन् ।
भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताउँदै अध्यक्ष दाहालले रविको अनुहारनै कमजोर देखिएको बताए ।
रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको ।’’
प्रचण्डका अनुसार, रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए । रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन् ।



