Friday, August 28, 2026
Zenith Migration Education
Friday, August 28, 2026

डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट

Zenith Migration Education

ब्रसेल्स । युरोपेली आयोगअन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार, यस वर्ष युरोपेली संघका विभिन्न देशहरूमा हालसम्म करिब आठ लाख ९५ हजार हेक्टर जमिन डढेलोबाट नष्ट भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा भएको क्षतिभन्दा चार गुना बढी हो ।

केन्द्रको पछिल्लो साप्ताहिक विवरण अनुसार, केवल एक साताको अवधिमा जलेको क्षेत्रफल चार लाख ३९ हजार हेक्टर बाट दोब्बर भएको छ, जसले हालसालै डढेलो तीव्र रूपमा फैलिएको सङ्केत गर्छ ।

यस वर्ष अगस्तको मध्यसम्म डढेलोले क्षति पुर्‍याएको क्षेत्रफल अन्तिम १९ वर्षको औसत दुई लाख ४४ हजार हेक्टरभन्दा धेरै पुगेको छ ।

अहिलेसम्म ३० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएका एक हजार सात सय ३६ वटा प्रमुख डढेलोहरू युरोपेली संघका विभिन्न भू–भागहरूमा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको एक हजार एक सय ८५ डढेलोहरू भन्दा धेरै हो । यस वर्ष डढेलोका कारण अनुमानित कार्बन डाइअक्साइड उत्सर्जन तीन करोड १९ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुना बढी हो ।

आगामी अगस्त ३३ देखि ३९ गतेसम्मको मौसम पूर्वानुमान अनुसार, स्पेन, फ्रान्स, इटाली, बाल्कन क्षेत्र तथा ग्रीस लगायत दक्षिणी युरोपेली देशहरूमा डढेलोको जोखिम केही कम हुने अनुमान छ । तर आयरल्यान्ड, बेलायत, बेल्जियम, नेदरल्यान्ड, जर्मनीको उत्तरी भूभाग, पोल्यान्ड, डेनमार्क, साथै स्विडेन र फिनल्यान्डका केही क्षेत्रमा डढेलोको जोखिम ‘धेरै उच्चदेखि अत्यन्तै उच्च’ हुने चेतावनी दिइएको छ ।

यस्तै अष्ट्रिया, हंगेरी र रोमानिया स्थित डान्युब नदी आसपासका क्षेत्रमा पनि डढेलोको जोखिम बढ्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त अनुसन्धान केन्द्रका अनुसार, युरोपेली संघभित्र प्रत्येक वर्ष औसतमा ६० हजारभन्दा बढी डढेलो हुने गर्छन्, जसबाट करिब पाँच लाख हेक्टर भू–भाग डढेलोबाट नष्ट हुने गर्छ । यसले मनवीय क्षति गर्नुका साथै वार्षिक रूपमा झण्डै दुई अर्ब युरो बराबरको आर्थिक हानि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु