Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

टप एन्ड टी–२० सिरिज : नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुँदै

Zenith Migration Education

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुने छ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् ।

नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मङ्गलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्ने छन् ।

नेपाल हाल चार खेलमा दुई अङ्क जोडेर आठौं स्थानमा छ । नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु