काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मङ्गलबार सुन तोलामा एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मङ्गलबार प्रतितोला दुई हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।



