Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

Zenith Migration Education

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अष्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अष्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु