Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

‘विश्व आदिवासी दिवस संघर्ष, बलिदान र गौरवशाली इतिहास सम्झने दिन’

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । प्रख्यात आदिवासी अधिकारकर्मी, लेखक एवम् बुद्धिजीवी विश्व भक्त दुलाल (आहुती)ले विश्व आदिवासी दिवस केवल उत्सवको दिन मात्र नभएर, यो हाम्रो संघर्ष, बलिदान र गौरवशाली इतिहास सम्झने दिन भएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (Nepalese Indigenous Nationalities Forum Australia (NINFA) ले आयोजना गरेको ‘अन्तर्राष्ट्रि विश्व आदिवासी दिवस २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका आदिवासी अधिकारकर्मी दुलालले सो कुरा बताएका हुन् ।

उनले भने, ‘‘विश्व आदिवासी दिवस केवल उत्सवको दिन मात्र होइन, यो हाम्रो संघर्ष, बलिदान र गौरवशाली इतिहासलाई सम्झने र भविष्यका पुस्ताका लागि आफ्नो पहिचान, भाषा र संस्कृति सुरक्षित राख्ने सङ्कल्प गर्ने दिन हो ।’’

त्यस्तै, उनले विशेष अतिथि न्यू साउथ वेल्सका मानार्थ वाणिज्यदूत सञ्जीव शर्माले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायको एकता, सक्रियता र सांस्कृतिक योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले हाम्रो बहुसांस्कृतिक समाजलाई अझ समावेशी र शक्तिशाली बनाउने बताए ।

यहि अगस्ट १० का दिन सिड्नीको Petersham Town Hall मा आयोजित सो कार्यक्रममा अष्ट्रेलियन संसद सदस्य तथा Barton निर्वाचन क्षेत्रकी प्रतिनिधि Hon. Ash Ambihaipahar ले बहुसांस्कृतिक समुदायबीचको सहअस्तित्व र आपसी सम्मानलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरु महत्त्वपूर्ण हुने धारणा राखिन् ।

कार्यक्रमको अध्यक्षता गरेका NINFA अध्यक्ष लक्ष्मण गुरुङले “हाम्रो संस्कृति र पहिचान हाम्रो जरा भएको बताउदै विविधतामा एकता’ हाम्रो मूल आधार हो, र हामी सबैले मिलेर यो धरोहरलाई संरक्षण र प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।
उनले सिड्नीका स्थानिय कलाकार तथा सांस्कृतिक टोली, सम्पूर्ण कार्यसमिति, सल्लाहकार, सदस्य तथा सबै समुदाय/जातीय समूहका प्रतिनिधिहरूलाई सक्रिय सहभागिता र योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।

परम्परागत पोशाकमा सजिएका कलाकारहरूको झकिझकाउ तथा विभिन्न आदिवासी गीत, लयबद्ध नृत्य र कलात्मक प्रदर्शनले कार्यक्रमलाई संगीतमय बनाएको थियो । नेपालबाट आउनु भएका कलाकार मिलन लामाले महोल लाई थप रोचक बनाएको थियो । कार्यक्रमको सञ्चालन अनिश शेर्पाले गरेका थिए भने सिमा सुब्बाले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रमको मूल उद्देश्य आदिवासी जनजातिहरूको भाषा, संस्कृति, पहिचान र अधिकारको सम्मान गर्दै, विविधताभित्रको एकताको सन्देश फैलाउनु थियो । सभाहल बिभिन्न भेष भुषाका रंगीन पोशाक, आकर्षक प्रस्तुति र गीत संगीतपूर्ण माहोलले भरिएको थियो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलिया तमु समाज सिड्नी, तामाङ सोसाइटी अफ NSW, मगर समाज अष्ट्रेलिया, गुठी अष्ट्रेलिया, नेपाल तराईे समाज अष्ट्रेलिया, याक्थुङ चुम्लुङ सिड्नी अष्ट्रेलिया, किरात राई कम्युनिटी NSW, थारू सोसाइटी सिड्नी, थकाली सेवा समिति अष्ट्रेलिया, शेर्पा एसोसिएसन अफ NSW, छन्त्याल परिवार अष्ट्रेलिया, राजबंशी समाज अष्ट्रेलिया, अष्ट्रेलिययन नेप्लिज जर्नलिस्ट एसोसियसन (एन्जा) लगायत बिभिन्न संघ संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधि एव विभिन्न नेपाली र अन्तर्राष्ट्रिय सामुदायिक संस्थाका अग्रज सामाजिक अभियन्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु