Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

प्रधानमन्त्री अल्बानीजद्वारा प्यालेस्टाइनलाई औपचारिक राज्यको मान्यता दिने घोषणा

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्यालेस्टाइनलाई औपचारिक रुपमा राज्यको मान्यता दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री अल्बानीजले सोमबार पत्रकारहरुसँग कुरा गर्दै आगामी सेप्टेम्बर २०२५ मा संयुक्त राष्ट्रसंघको ८० औं महासभा अधिवेशनमा प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिने घोषणा गरेका हुन् ।

यो कदमले मध्यपूर्वमा हिंसाको चक्र तोड्न र दीर्घकालीन शान्ति स्थापना गर्न वैश्विक प्रयासलाई बल पुर्‍याउने विश्वास उनको छ ।

प्रधानमन्त्री अल्बानीजका अनुसार अष्ट्रेलियाले प्यालेस्टिनी जनतालाई आफ्नो स्वतन्त्र राज्यको अधिकार छ भनेर मान्यता दिँदै आएको छ र यो निर्णय त्यही अधिकारको स्पष्ट पुष्टि हो ।

यसअघि फ्रान्स, बेलायत र क्यानडाले पनि प्यालेस्टाइनलाई मान्यता दिने तयारी गरेका छन् । जससँगै अष्ट्रेलिया अन्तर्राष्ट्रिय समर्थनको पंक्तिमा उभिन लागेको हो ।

अष्ट्रेलियाले सन् १९४७ देखि इजरायलको अस्तित्वलाई समर्थन गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको प्रस्ताव १८१ अन्तर्गत इजरायल र प्यालेस्टाइन दुवैलाई राज्यको रूपमा स्थापना गर्ने पक्षमा मतदान गर्ने प्रारम्भिक राष्ट्रमध्ये अष्ट्रेलिया एक हो । तर औपचारिक मान्यता भने हालसम्म दिइएको थिएन । यस निर्णयलाई अष्ट्रेलियाको परराष्ट्र नीतिमा ऐतिहासिक परिवर्तनका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु