Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

चलचित्र ‘पिआर’को सिड्नीपछि न्यूकेसलमा भव्य प्रिमियर शो सम्पन्न

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । न्यूकेसलमा चलचित्र ‘पिआर’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ । सिड्नीमा पिआरको तीन शोको अपार सफलतापछि मङ्गलबार साँझ अष्ट्रेलियाको अर्को सहर न्यूकेसलमा पनि भव्य प्रिमियर शो सम्पन्न भएको हो ।

पिआरको न्यूकेसलमा आयोजना गरिएको भव्य प्रिमियर शोमा सहभागी हुन चलचित्रका निर्देशक, निर्माता, कलाकार र केही सञ्चारकर्मीहरु त्यहाँ पुगेका थिए ।

नेपाली समाजका लब्द प्रतिष्ठितहरु सहभागी भएको उक्त प्रिमियर शोमा न्यूकेसलमा रहेका नेपाली चलचित्र प्रेमि दर्शकहरुले पिआरलाई अत्याधिक रुपमा मन पराएका छन् ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको कथाव्यथा समेटिएको पक्षलाई दर्शकहरुले मन पराएको पाइएको छ । यस चलचित्रमा विशेष गरी पिआर लिन नेपाली विद्यार्थीहरुले गरेको दुःखकष्ट र जालझेलका बारेमा उठान गरिएको छ ।

सिड्नी जस्तै न्यूकेसलमा रहेको नेपाली चलचित्र प्रेमि दर्शकहरुले पनि चलचित्र पिआर मन पराएकोमा निर्देशकद्वय शोभित बस्नेत, सन्तोष तिवारी र निर्माता रञ्जित शाहलगायत अन्य कलाकारहरुले धन्यवाद दिएका थिए ।

यसैबीच न्यूकेसलमा निर्देशक र निर्माताले अब चलचित्र पिआर अष्ट्रेलियाका मेलर्बन, ब्रिसबेन, एडिलेड, पर्थलगायतका शहरमा पनि प्रदर्शन हुने जानकारी दिए भने दशैंको अवसर पारेर पिआरलाई नेपालका साथै विश्वभर प्रदर्शन गर्ने तयारीमा चलचित्रका टिम रहेका छन् ।

न्यूकेसलमा चलचित्र पिआरको प्रदर्शनिको आयोजना नेभि इभेन्टले गरेको थियो ।

फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ । साथै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की, उत्तम केसी र भिम बस्नेत देखिएका छन् भने अष्ट्रेलियान पुलिसको भूमिकामा कलाकार भिम बस्नेलाइ देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु