Wednesday, July 29, 2026
Zenith Migration Education
Wednesday, July 29, 2026

राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाको राजीनामा

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिएका छन् ।

सभाको मङ्गलबारको बैठकमा समय माग गरेर बोल्दै उनले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पारे ।

“समितिका सदस्यको मनसायअनुसार विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उनले भने, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु