Friday, July 31, 2026
Zenith Migration Education
Friday, July 31, 2026

ब्याडमिन्टन टोली मङ्गलबार भुटान जाने

Zenith Migration Education

काठमाडौँ । जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली भोलि भुटानको थिम्पु प्रस्थान गर्ने भएको छ । यही अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन फरक उमेर समूहका १२ खेलाडी सहभागी हुने छन् ।

यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् ।

यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन् । यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सोमबार यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु