Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत

Zenith Migration Education

क्वालालम्पुर । मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो । मलेसियाको तथ्याङ्क विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई सङ्केत गर्छ ।

उक्त अवधिमा श्रम शक्तिको सङ्ख्या ०.८ प्रतिशतले वृद्धि भई एक करोड ७३ लाख ७० हजार पुगेको छ। साथै, श्रम शक्ति सहभागिता दर पनि ०.१ प्रतिशतले वृद्धि भई ७०.८ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ ।

त्यसैगरी, रोजगारी प्राप्त व्यक्तिहरूको सङ्ख्या ०।९ प्रतिशतले बढेर एक करोड ६८ लाख ५० हजार पुगेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या एक प्रतिशतले घटेर ५ लाख २० हजार ९ सय मा झरेको छ ।

रिपोर्टमा मलेसियाको श्रम बजार आगामी महिनाहरूमा स्थिर रहने अपेक्षा गरिएको छ ।

यद्यपि, केही चुनौतीहरू पनि विद्यमान छन् । तर सरकारले अगाडि सारेका डिजिटलीकरण, प्राविधिक तालिम र लगानी प्रोत्साहनसम्बन्धी नीतिहरूले मध्यमदेखि दीर्घकालीन अवधिमा श्रम बजारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु