Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गराउनुपर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Zenith Migration Education

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

२०८२ साउन १४ गते राजपत्रमा प्रकाशित ‘नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्यसहित ३ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेसी तोकिएको जानकारी दिए । 

पाण्डेका अनुसार रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु