Thursday, August 6, 2026
Zenith Migration Education
Thursday, August 6, 2026

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका दुई सय जना पक्राउ

Zenith Migration Education

लण्डन । सरकारले गत महिना आतङ्कवाद विरोधी कानूनअन्तर्गत प्यालेस्टाइनलाई प्रतिबन्ध लगाएपछि यस ‘प्यालेस्टाइन एक्सन’ नामक प्यालेष्टिनी समूहलाई समर्थन गर्ने पछिल्लो र सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा लण्डनको प्रहरीले शनिबार कम्तीमा २०० जनालाई पक्राउ गरेको छ ।

बेलायतको राजधानी लण्डनको महानगरीय प्रहरीले ‘पार्लियामेन्ट स्क्वायर’मा भएको प्रदर्शनमा थप व्यक्ति पक्राउ पर्ने अपेक्षा गरेको छ, किनकि आयोजकहरूले सयौँमध्ये केहीलाई मात्र हिरासतमा लिइएको दाबी गरेका छन् ।

महानगरीय प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ त्यहाँ उपस्थित भएर प्रदर्शन हेरिरहेका केही व्यक्तिहरू पनि ‘प्यालेस्टाइन एक्सन’लाई समर्थन गरेको आरोपमा पक्राउ परेका भन्ने समाचार सत्य होइन ।” उनीहरू सबै प्रदर्शनकारी थिए ।”

विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, आज प्यालेस्टाइन एक्सनको समर्थन मा प्लेकार्ड लिन ‘पार्लियामेन्ट स्क्वायर’मा आएका जो कोही लाई कि गिरफ्तार गरिएको छ वा उनीहरू गिरफ्तार हुने प्रक्रियामा छन् ।”

दक्षिणी इङ्ल्यान्डको एक वायु सेनाको बेसमा आक्रमण गरी दुई वटा विमानमा ७० लाख पाउन्ड (९३ लाख अमेरिकी डलर) को क्षति पु¥याएको केही दिनपछि सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

बेलायतको गृह मन्त्रालयले शनिबारको विरोध प्रदर्शनअघि आफ्ना सुरक्षा सदस्यहरूलाई अन्य ‘गम्भीर आक्रमणहरू’मा पनि उक्त समूहको संलग्नता रहेको बताएको थियो जसमा ‘हिंसा, महत्त्वपूर्ण चोटपटक र व्यापक आपराधिक क्षति’ भएको उल्लेख थियो ।

संयुक्त राष्ट्रसङ्घ, एम्नेस्टी इन्टरनेसनल र ग्रिनपिसजस्ता गैरसरकारी संस्थाहरूलगायत आलोचकहरूले यो कदमलाई कानुनी अतिक्रमण र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु