Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

कैलाली कारागार घटनाबारे गृहमन्त्री लेखक र मुख्यमन्त्री शाहबीच छलफल

Zenith Migration Education

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ । 

काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना र सुरक्षा सवाल लगायतको विषयमा छलफल गरेका हुन् ।

छलफलको क्रममा गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएको बताएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

शुक्रबार मध्यराति कारागारको ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि रड, जिमखानाको सामग्री, ढुङ्गाले अन्धाधुन्ध आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको छ । हिंसात्मक झडपमा परेर ४७ जना कैदी घाइते भएका छन् । 

जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीरमध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

घटना पश्चात् कैलाली कारागारलाई कैदीले नियन्त्रणमा लिएका छन् । उनीहरूले मूल गेटमा ताल्चा लगाइ ग्यास सिलिन्डर तेर्स्याएको जनाइएको छ। कारागारभित्र कोही पस्ने प्रयास गरे सिलिन्डर पड्काए आगो लगाउने उनीहरूको चेतावनीका कारण सुरक्षा निकायसमेत कारागारमा प्रवेश गर्न सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु