काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध एक लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भइ भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग विचौलियामार्फत घुस लिएको पुष्टि भएको छ ।
आयोगका अनुसार सेवाग्राहीबाट साहलाई एक लाख रुपियाँ घुस लिएको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम एक लाख रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



