Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

मिसेस ग्लोवल नेपाल–२०२५ को ताज इन्दिरा घिमिरेलाई

Zenith Migration Education

काठमाडौँ । यो वर्षको मिसेस ग्लोवल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल भएकी छन् । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन् । ताजसँगै उनले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।

कार्यक्रमको फस्र्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाकोटी हुन सफल भएका छन् ।हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोवल श्रृङ्खलाअन्तर्गत आठौं संस्करण हो ।

करिव एक दर्जन बढी प्रतियोगीहरुले प्रस्तुती दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरुले परिचय, वेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । महिलाहरुको सौन्दर्य प्रतियोगीतामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, फोटोसुट, क्याटवाक, वौद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतिकरणलगायतका विषयमा ज्ञान हासिल गरेका थिए । आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको वेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो ।

कार्यक्रमको बीचमा कलाकारहरुको प्रस्तुतीले दर्शकहरु आनन्द मानिरहेका थिए भने कोरियोग्राफर सुब्बाको विशेष क्याटवाकमा हुटिङ नै चलेको थियो ।

विविध सबटाइटल अवार्डसमेत बाँडिएको सो कार्यक्रममा मोस्ट एट्राक्टिभ इन्दिरा घिमिरे, मोस्ट डाइनामिक आशा घर्ती क्षेत्री, मोस्ट स्मार्ट लक्ष्मी खड्का राई, मोस्ट चार्मिङ कल्याणी देवी थापा, मोस्ट कन्फिडेन्ट सृजना घिमिरे शिवाकोटी, मोस्ट प्यासोनेट दिया बर्देबा, मोस्ट याक्टिभ रीता चौधरी, मोस्ट डिसेन्ट उमाकुमारी तामाङ, वेस्ट पर्सनालिटी मिना श्रेष्ठ, वेस्ट ट्यालेन्ट सन्ध्या नेपाल, वेस्ट फोटोजेनिक तारा तण्डुकार, मोस्ट डिलाइटफुल कविता अधिकारी, मोस्ट डिलिजेन्ट बिमला अधिकारी, मोस्ट डेडिकेटेड मञ्जु राई एवं मोस्ट पपुलर तारा तण्डुकार, पब्लिक च्वाइस भिडियो रीता चौधरी, वेस्ट मल्टिमिडिया सन्ध्या नेपाल र वेस्ट ड्रेस रीता चौधरीले जित्न सफल भएका हुन् ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक तथा निर्देशक मनिष राउत, क्यापिटल क्विन नेपाल २०२५ एवम् फेसन डिजाइनर करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलोजिस्ट युनिषा शाही रहेका थिए । विवाहित महिलाहरुको प्रतिभा उजागरणका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु