Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

Zenith Migration Education

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु