काठमाडौँ । काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनीहरूले १८ साउनको राति गोकर्णेश्वर–६ नारायणटार लामा पेट्रोल पम्पनजिक मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले राई र मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको वीर अस्पातलमा उपचार भइरहेको प्रवक्ता चन्दले बताए ।



