नयाँदिल्ली । गैरकानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।
सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्लीस्थित नेपाली राजदूतावासले ती महिलाहरूको उद्धार गरी बुधबार नेपाल पठाएको छ ।
भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत यो कुरा सार्वजनिक गरेका हुन् ।
सामाजिक संस्था ‘किन इन्डिया’का अध्यक्ष नवीन जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न क्रम पछिल्लो समय बढ्न थालेको छ ।
खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएको उनले बताए ।




