Wednesday, July 8, 2026
Zenith Migration Education
Wednesday, July 8, 2026

कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ

Zenith Migration Education

राजविराज (सप्तरी) । गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन् । घटनाको दुई महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ । प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका–२ का २० वर्षीय दीपेन मरिक, खडक नपा–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नपा–८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नपा–१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा–७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनार छन् ।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली र एक थान खुकुरी बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु