Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

Zenith Migration Education

काठमाडौँ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।

बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छाेड्न आदेश भएकाे हाे । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धराैटी मागिएकाे छ । प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छाेड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।

तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु